२८ बैशाख,काठमाण्डौ – अपि पावर कम्पनी लिमिटेडले निष्कासन गर्न लागेको हकप्रद सेयर सुरक्षित गर्ने आज (बैशाख २८ गते, मंगलबार) अन्तिम दिन रहेको छ ।
कम्पनीको हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि भोलि वैशाख २९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो । त्यसैले, आज वैशाख २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीले १ बराबर ०.२९३८ को अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न सेबोनबाट वैशाख १९ गते, आइतबार अनुमति पाएको छ । कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ ।
यो दोस्रो चरणको हकप्रद हो । यसअघि पहिलो चरणमा कम्पनीले गत कार्तिक १४ गते, शुक्रबारदेखि मंसिर ४ गते, बिहीबारसम्म चुक्ता पुँजी १ अर्ब १९ करोड ७ लाख बराबरको प्रति सेयर १ः०४७६ को अनुपातमा ५६ करोड ७० लाख रुपैयाँ बराबरको प्रति सेयर एक सय अंकित दरका ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar