२७ बैशाख,काठमाण्डौ – नेकपा एमालेको माधव नेपाल पक्षका आठ जना सांसद प्रतिनिधिसभाको बैठकमा उपस्थित भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठकमा नेपाल पक्ष अनुपस्थित हुने निर्णय गरेको थियो । यद्धपी माधव नेपाल पक्षका आठ जना सांसद प्रतिनिधिसभाको बैठकमा उपस्थित भएका छन् ।
संसदमा उपस्थित हुनेहरूमा राजबहादुर बुढा, ध्रुव शाही, गंगा चौधरी, समिना हुसेन, पार्वती विसुंखे, हिराचन्द्र केसी र बिना बुढाथोकी मगर छन् । आठ मध्ये बुढा, शाही र केसी प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar