२७ बैशाख,काठमाण्डौ – नेको इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले आकर्षण प्रगति गरेको छ । सो अवधिसम्म कम्पनीले ३५ करोड ९ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको सोहि अवधिमा ४५.५७ प्रतिशतले धेरै हो । गत वर्षको सोहि अवधिमा कम्पनीले २४ करोड १० लाख ६३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चैत मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क आम्दानी ४६.४५ प्रतिशतले बढेर १ अर्ब ३५ करोड ४ लाख ७ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सो अवधिमा कम्पनीले ९२ करोड ८८ लाख ६३ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
चुक्ता पूँजी एक अर्ब ३१ करोड ७४ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ६८ करोड २३ लाख रुपैयाँ रहेको छ । कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी ३५ रुपैयाँ ५२ पैसा र प्रतिसेयर नेटवर्थ २३५ रुपैयाँ ५९ पैसा छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar