२७ बैशाख,धादिङ – धादिङको बेनिघाट रोराङ गाँउपालिका वडा नं. ३ स्थित् मलेखु बजार र आसपासका क्षेत्रमा पनि कोरोना संक्रमित देखा पर्न थालेको भन्दै स्थानियलाई शर्तकता अपनाउन आग्रह गरिएको छ ।
हिजो (आईतबार) बेनिघाट रोराङ गाँउपालिका वडा नं. ३ का अध्यक्ष भुवन त्रिपाठीले एक सुचना प्रकाशित् गरी मलेखु बजार र आसपासका क्षेत्रका केहि व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको बताँउदै स्थानियहरुलाई शर्तकता अपनाउन आग्रह गरेका हुन् ।
वडाध्यक्ष त्रिपाठीद्धारा प्रकाशित् सुचनामा, मलेखु बजार र आसपासका क्षेत्रमा केहि व्यक्तिहरमा कोरोना संक्रमण पुष्टि भएको साथै केहि व्यक्तिहरुमा लक्षणसमेत देखिएको हुँदा माहामारीबाट सुरक्षित रहनाका लागी अनावश्यक हिँडडुल नगर्न र घरमै बस्न आग्रह गरिएको छ ।
कुनै लक्षण देखापरे वा आशंका लागे वा आर टि पिसिआर गर्नुपरे आफु , वडा सचिव वा स्वास्थ्य संयोजकलाई टेलिफोन गर्न समेत त्रिपाठीले आग्रह गरेका छन् ।
त्यस्तै सुचनामा मलेखुस्थित् सामुदायिक भवनलाई अक्सिजनसहितको २० शैयाको आईशोलेशन भवन बनाईएको समेत उल्लेख गरिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar