२६ बैशाख,काठमाण्डौ – नेकपा एमालेका दुई पक्षको वार्ता सम्पन्न भएको छ ।
प्रधानमन्त्री केपी ओलीका दूतको रुपमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल,उपनेता सुभाषचन्द्र नेम्वाङ र बरिष्ठ नेता माधवकुमार नेपाल वीच पौने ४ बजेबाट एक घण्टासम्म चलेको भेटवार्ता सकिएको हो ।
भेटमा पार्टी एकता जोगाउने विषयमा पुनर्विचार गर्न बरिष्ठ नेता नेपाल सकरात्मक हुनुभएको र थप छलफलको लागि सकेसम्म आजै,नभए भोलि बिहानसम्म फेरि छलफल गर्ने सहमति भएको बताइन्छ ।
यो संगै आज बुझाउन तयार पारिएको २० जनाको राजीनामासमेत अर्को वार्ताको परिणाम नआउँदा सम्मको लागि रोकिएको बताइन्छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar