२४ बैशाख,काठमाण्डौ – नेकपा एमाले जस्तै जनता समाजवादी पार्टी (जसपा) पनि दुइ खेमामा विभाजित भएर गठबन्धन टुट्ने सङ्घारमा छ ।
विपक्षीहरूले प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्ताव संसद्मा पहिल्यै पेस नगर्नु पनि जसपाको भूमिका प्रस्ट नभएरै हो । प्रधानमन्त्री ओलीलाई एमालेमा माधव पक्षले साथ दिए उताबाट जसपाको महन्थ ठाकुर नेतृत्वको समूह भए पुग्ने थियो । त्यसैको आधारमा ओलीले महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो लगायतका पूर्व राजपालाई जसपा बाट छुट्टाउन जोड बल गरिरहेका थिए । तर उनको यो जोड बल महन्थसम्म मात्रै सीमित भएको छ ।
प्रधानमन्त्री आफैँ २७ गते विश्वासको मत लिन्छु भनेपछि दौडधुप चलिरहेको नेपाली राजनीतिमा महन्थ ठाकुरलाई साथ दिँदै आएका राजेन्द्र महतोलगायत केहीले उनको साथ छोडेका छन् । लुम्बिनी प्रकरणपछि ओलीको चाल थाहा पाएका जसपाका नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी र राजकिशोर यादवले ओलीलाई समर्थन नगर्ने भनी ठाकुरको हस्ताक्षर अभियानबाट हात झिकेका छन् ।
यो सँगै अब ठाकुरसँग ७८ जना सांसद मात्र बचेको जसबाट ओलीले विश्वासको मत पुर्योउन नसक्ने जसपाका एक नेताले बताए । त्यस्तै, जसपाका नेता डम्बर खतिवडाले भने सामाजिक सञ्जालमा एक ट्विट गर्दै जसपा फोड्ने सत्तारुढ कमरेडहरूको षडयन्त्र असफल भएको बताएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar