एजेन्सी – टाउकोमा भरिभराउ कपाल भएका मानिसको तुलनामा तालु खुइलेका मानिसलाई कोभिडको जोखिम साढे दुई गुणा बढी भएको अनुसन्धाताहरूले चेतावनी दिएका छन् ।
पुरुषको कपाल झर्ने समस्या सामान्य हो । ५० वर्षभन्दा माथिका लगभग ५० प्रतिशत पुरुषको कपाल झरेर तालु खुइलिने समस्या हुन्छ । कपाल झर्ने समस्या भएका पुरुष एन्ड्रोजिन भन्ने हर्मोनप्रति बढी संवेदनशील हुन्छन् । अनि तिनीहरूलाई कोभिडको जोखिम बढी हुन्छ । यस अध्ययनले नयाँ थेरापीको सम्भावनाको बाटो खोलेको अनुसन्धाताहरू बताउँछन् । शायद यसबाट कोभिडको उपचार पनि भेटिने उनीहरूको भनाइ छ ।
पुरुषको तालु खुइलिने समस्यालाई एन्ड्रोजिन रिसेप्टर नामक जिनले नियन्त्रण गर्छ । त्यसले शरीर एन्ड्रोजिनप्रति कति संवेदनशील छ भन्ने कुराको नियमन गर्छ । एन्ड्रोजिन रेस्पोन्सलाई टीएमपीआरएसएस नामक एन्जाइमसँग पनि जोडिएको छ र त्यसले कोरोनाभाइरस संक्रमणमा भूमिका खेल्ने विश्वास गरिएको छ ।
एन्ड्रोजेनेटिक आलोपेसिया भएका पुरुषहरू व्यापक संख्यामा कोरोना लागेर अस्पताल भर्ना भएको देखेर एआर जिन र गम्भीर कोभिडबीचको सम्बन्धको अध्ययन गर्न अनुसन्धाताहरूलाई प्रेरित गरेको थियो । अमेरिकाको क्यालिफोर्नियामा रहेको एपलाइड बायोलोजी इन्कर्पोरेसनले यो अध्ययन गरेको हो ।
यसको निष्कर्ष युरोपीयन एकेडमी अफ डर्माटोलोजी यान्ड भेनिरियलोजी सिम्पोजियमा सार्वजनिक गरिएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar