२४ बैशाख,काठमाण्डौ – अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडकाे हकप्रद सेयरमा आवेदन दिने म्याद थपिएकाे छ ।
वैशाख ६ गतेबाट निष्कासन तथा बिक्री खुल्ला गरेकाे अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हालकाे विषम परिस्थितीलाई मध्यनजर गर्दै हकप्रद सेयरमा आवेदन दिने म्याद थपेकाे हाे । यसअघि वैशाख २६ गतेसम्म आवेदन दिन सकिने भनिएकाेमा अब जेठ २ गतेसम्म आवेदन दिन पाइने भएकाे छ ।
कम्पनीले १ बराबर ०.५ को अनुपातमा प्रतिसेयर १०० रूपैयाँ अंकित दरमा ५२ लाख ४१ हजार एक सय ९७ सय कित्ता हकप्रद सेयर निष्कासन गरेकाे हाे । कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयाेजनका लागि चैत्र ९ गते एक दिनका लागि बुक क्लोज गरेको थियाे । त्यसैले, चैत्र ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनीकाे उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, ट्रेड टावर, थापाथली, मुक्तिनाथ बैंक लिमिटेडका तोकिएका शाखा कार्यालयहरू र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar