• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ ३१, मंगलबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

दार्चुलामा तुइनबाट खसेर एक जना बेपत्ता

१३ मिनेट अघि
२

मुग्लिन पोखरा सडकको तेस्रो पटक थपिएको म्याद फेरी सकियो

२ घण्टा अघि
३

 वर्ष दिन सम्म पनि विवादको भुमरीमै अल्झियो ओली नेतृत्वको सरकार

२ घण्टा अघि
४

सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दिए पदबाट राजीनामा

४ घण्टा अघि
५

अमेरिकामा कार दुर्घटना : दुई नेपाली युवाको मृत्यु

४ घण्टा अघि
६

मध्यरातमा भिनाजुको प्रहारबाट साली ठहरै

१ दिन अघि
७

प्रतिनिधि सभाको बैठक बस्दै

१ दिन अघि
८

एमालेबिनाको देश र केपी बिनाको एमाले होस् भन्नेहरूको कामना पूरा हुँदैन : प्रधानमन्त्री ओली

१ दिन अघि
९

आज देशभरका साना नदीहरूमा आकस्मिक बाढीको उच्च सम्भावना

१ दिन अघि
१०

काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

१ दिन अघि
११

छाउपडी उन्मूलनका लागि सरकार र समाजलाई थप सक्रिय बन्न सांसद तामाङको आह्वान

१ दिन अघि
१२

मन्त्रीको घुस डिलबारे सभामुख मार्फत एकीकृत समाजवादीले माग्यो प्रधानमन्त्रीसंग जवाफ 

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • press met १

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    ३ हफ्ता अघि
  • WhatsApp Image 2025-06-27 at 21.36.24 २

    बैदेशिक कार्यक्रममा ब्यस्त मोडल ग्रिश्मा

    २ हफ्ता अघि
  • rajendra pande samsad ३

    मन्त्रीको घुस डिलबारे सभामुख मार्फत एकीकृत समाजवादीले माग्यो प्रधानमन्त्रीसंग जवाफ 

    १ दिन अघि
  • keshab shrestha ४

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    ४ हफ्ता अघि
  • rajendra ५

    कुलिङ पिरियडको व्यवस्था हेरफेरमा संलग्नलाई कडा कारबाही गर्न राजेन्द्र पाण्डेको माग

    २ हफ्ता अघि
  • skt mak ६

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    २ हफ्ता अघि
  • arun tiwari and durge ७

     दुर्गेशले अस्ट्रेलियामा दुस्मन हेरेको हेर्यै टुर गर्ने

    २ हफ्ता अघि
  • charaudi ८

    धादिङको बेनिघाट रोराङमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगायो

    १ हफ्ता अघि
  • trisuli nadi badhi ९

    रसुवादेखि धादिङको वेनिघाटसम्म सतर्कता अपनाउन आग्रह

    १ हफ्ता अघि
  • blast १०

    इजरायल–इरानबीचको सैन्य झडप तीव्र : टेलिभिजन प्रशारणमै आक्रमण

    ४ हफ्ता अघि
  • prev
    next

    लुम्बिनीका मुख्यमन्त्री पोखरेलको नियुक्ति असंवैधानिक : राजिनामा दिनुपर्ने ४ दलको माग

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७८ बैशाख २३, बिहिबार (४ साल अघि)
  • १३८६ पाठक संख्या
  • shankar pokhrel mukhya

    २३ बैशाख,काठमाण्डौ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको नियुक्ति असंवैधानिक ठहर गर्दै विपक्षी चार दलले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेका छन् ।

    बिहीबार, नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले प्रेस विज्ञप्ति जारी गरी पोखरेललाई प्रदेश प्रमुखले जालझेल गरी मुख्यमन्त्री नियुक्त गरेको आरोप लगाएका हुन् । प्रदेशसभामा हाल कायम ७९ जना सदस्यमध्ये ४१ जनाको बहुमत आफूहरुसँग भएकाले बहुमत प्राप्त विपक्षी गठबन्धनका कुलप्रसाद केसीलाई मुख्यमन्त्री नियुक्त गर्न पनि उनीहरुले माग गरेका छन् ।

    मुख्यमन्त्री पोखरेलको पक्षमा ३८ सांसदमात्र रहेकाले संविधानको धारा १६८ को उपधारा १ बमोजिम पोखरेलको नियुक्ति असंवैधानिक भएको चार दलको दाबी छ । प्रदेशसभाका बहुमत सदस्यको हस्ताक्षरसहित संविधानको धारा १६८ को उपधारा २ बमोजिम नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुपर्ने चार दलको माग छ ।

    संविधान, विधि प्रकृया मिचेर अल्पमतको नेतालाई मुख्यमन्त्रीमा नियुक्त गरेर प्रदेश प्रमुखले राज्य शक्तिको दुरुपयोग गरेको आरोप लगाउँदै उनीहरुले आफू अल्पमतमा रहेको  थाहा हुँदा हुँदै पनि  संविधान र कानूनको अपव्याख्या गरी सपथ ग्रहण गर्नु पोखरेलको पदलोलुपता, अराजनीतिक र निरंकुश कदममात्र नभई वैचारिक राजनीतिक नियत नै खराब रहेको जिकिर पनि गरेका छन् ।

    शंकर पोखरेलले ४१ जना आफ्नो पक्षमा रहेको दावी गरेर मुख्यमन्त्रीमा नियुक्ति भए पनि सांसद विमला डाँगीले माओवादी केन्द्र रोजेकी, प्रदेशसभा सदस्यहरु दीर्घनारायण पाण्डे र अमर बहादुर डाँगीले राजीनामा दिएकाले पोखरेल स्पष्ट रुपमा अल्पमतमा परेको चार दलको दावी छ । मुख्यमन्त्रीले नैतिकताको आधारमा राजीनामा नदिए कानूनी र राजनीतिक लडाई लड्ने माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले बताए ।

    मुख्यमन्त्रीमा प्रस्तावित माओवादी केन्द्रका नेता कुलप्रसाद केसीले शंकर पोखरेलको धोती फुस्किसकेको बताए । प्रदेशसभामा आफ्नो पक्षमा स्पष्ट बहुमत रहेको भन्दै उनले एमालेका अझै तीन चार जना सांसदले एमालेको साथ छाड्ने दावीसमेत गरे । मुख्यमन्त्री पोखरेलले संसद नबोलाएर लुक्दै हिँडेको आरोप लगाउँदै केसीले भने, ‘सदन खुल्नासाथ असलियत थाहा हुन्छ, त्यसपछि मुख्यमन्त्री म नै हुन्छु ।’

  • subhayug
  • मुख्यमन्त्री
  • लुम्बिनी प्रदेश
  • शंकर पोखरेल
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • दार्चुलामा तुइनबाट खसेर एक जना बेपत्ता

  • मुग्लिन पोखरा सडकको तेस्रो पटक थपिएको म्याद फेरी सकियो

  •  वर्ष दिन सम्म पनि विवादको भुमरीमै अल्झियो ओली नेतृत्वको सरकार

  • सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दिए पदबाट राजीनामा


  • समाचार
  • १

    दार्चुलामा तुइनबाट खसेर एक जना बेपत्ता
    १३ मिनेट अघि

  • २

    मुग्लिन पोखरा सडकको तेस्रो पटक थपिएको म्याद फेरी सकियो
    २ घण्टा अघि

  • ३

     वर्ष दिन सम्म पनि विवादको भुमरीमै अल्झियो ओली नेतृत्वको सरकार
    २ घण्टा अघि

  • ४

    सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले दिए पदबाट राजीनामा
    ४ घण्टा अघि

  • ५

    अमेरिकामा कार दुर्घटना : दुई नेपाली युवाको मृत्यु
    ४ घण्टा अघि

  • ६

    मध्यरातमा भिनाजुको प्रहारबाट साली ठहरै
    १ दिन अघि

  • ७

    प्रतिनिधि सभाको बैठक बस्दै
    १ दिन अघि

  • ८

    एमालेबिनाको देश र केपी बिनाको एमाले होस् भन्नेहरूको कामना पूरा हुँदैन : प्रधानमन्त्री ओली
    १ दिन अघि

  • ९

    आज देशभरका साना नदीहरूमा आकस्मिक बाढीको उच्च सम्भावना
    १ दिन अघि

  • १०

    काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rajendra pande samsad
    १ दिन अघि

    मन्त्रीको घुस डिलबारे सभामुख मार्फत एकीकृत समाजवादीले माग्यो प्रधानमन्त्रीसंग जवाफ 

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकामा कार दुर्घटना : दुई नेपाली युवाको मृत्यु

    subhayug
    २

    आणविक वार्ता अघि अमेरिका र इजरायलको आक्रमण रोक्नुपर्ने इरानको चेतावनी

    subhayug
    ३

    गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु

    subhayug
    ४

    एलन मस्कले खोले नयाँ राजनितिक दल

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution