२३ बैशाख,काठमाण्डौ – साताको अन्तिम कारोबार दिन आज (बिहिबार) पनि सेयर बजारले ओरालो यात्रा तय गरेको छ ।
आज सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहिबार सेयर कारोबार मापक नेप्से परिसूचक १२.४७ अंकले घटेर २६३७.१३ मा पुगेकाे छ । नेप्से ०.४७प्रतिशतले घटेकाे हो । बुधबार नेप्से परिसूचक ५.०९ अंकले घटेर २६४९.६० मा पुगेर बजार बन्द भएको थियो । यस्तै सेन्सेटिभ परिसूचक ०.७७ अंकले घटेर ४७३.०४ मा पुगेको छ ।
कूल २१६ वटा कम्पनीकाे एक कराेड ५९ लाख ८० हजार ८ सय १५ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ८१ करोड ९२ हजार ४ सय ५३ रुपैयाँको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । बुधबार ६ अर्ब २१ करोड ६८ लाख १४ हजार ३ सय १३ रुपैयाँको कारोबार भएकाे थियो । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ३ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी १० वटा उपसमूहकाे सेयर घटेकाे छ । लगानीकर्ताहरु हाइड्रोपावरतिर आकर्षित भएका छन् ।
त्यसैगरी, आज ८ कम्पनीहरुको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमध्ये २ वटा कम्पनीकाे सेयर सर्किट लागेकाे छ । आज जनउत्थान सामुदायिक लघुवित्त र खानीखोला हाइड्रोपावर कम्पनीको सेयरमूल्यमा सर्किट लागेको हो । दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको हो ।
अन्य कम्पनीको सेयरमूल्य ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । ९ प्रतिशत भन्दा बढी सेयरमूल्य बढ्ने कम्पनीहरुमा क्रमशः महिला लघुवित्त, समता लघुवित्त, रुरु जलविद्युत परियोजना, लक्ष्मी बैंक, यूनियन हाइड्रोपावर, जोशी हाइड्रोपावर, दिव्यश्वरी हाइड्रोपावर रहेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar