२३ बैशाख,काठमाण्डौ – सरकारले निषेधाज्ञालाई कडाई गरेपछि बीमा समितिमा सवारी पास बनाउनेको बाक्लो लाइन सुरु भएको छ ।
स्थानिय प्रशासन कार्यालयले उपत्यकामा निषेधाज्ञ कडाई गरेपछि बीमा समितिले सबै इन्स्योरेन्स कम्पनीलाई बुधबारदेखी सवारी पासको व्यास्था गरेको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई शाखामा २५ प्रतिसत र केन्द्रीय कार्यालयमा २० प्रतिसत कार्मचारीबाट मात्रै सेवा दिनु भनिरहेको बेला बीमा समितिले पनि सवारी पासको व्यवस्था गरेको हो ।
‘बुधबार साँझ बीमा समितिमा पासको लाइन लागेको छ । एक इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतले अर्थपथसँग भने ।’ भोलीदेखी बिना पासको सवारी गुडाउन नपाइने भएपछि बीमा समितिले पनि नेपाल रि – इन्स्योरेन्ससहित ४० ओटै कम्पनीलाई पासको व्यावस्था गरेको गरेको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । अहिले बीमा समितिमा पास लिने बीमा कम्पनीका कर्मचारीको लाइन रहेको छ । बीमा समितिले सबै बीमा कम्पनीलाई १५ ओटाको दरले पास दिने व्यवस्था गरेको कार्यकारी निर्देशक पौडेलले बताए । बीमा कम्पनीलाई १५ ओटाको दरले पासको व्यवस्था भएको नेपाल इन्स्योरेन्स कम्पनीका सीईओ विजय बहादुर शाहले बताए ।
अव उपत्यका भित्रका इन्स्योरेन्सका कर्मचारीले बीना पास अफिस आवतरजावत गर्न पाउने छैनन् । निषेधाज्ञाको समयमा पनि राजधानीका विभिन्न चोकहरुमा सवारी जाम हुन थालेपछि स्थानिय प्रशासनले बैंक तथा बीमा क्षेत्रका कर्मचारी आवत जावतमा पनि कडाइ गरेको हो । अर्थ मन्त्रालयले पनि नेपाल राष्ट्र बैंक र बीमा समितिलाई संबधोन गर्दै स्वास्थ्य सुरक्षको मापदण्ड अपनाई कम भन्दा कम कर्मचारीबाट सेवा संचालन गर्न मातहतका निकायहरुलाई निर्देशन दिएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar