२१ बैशाख,काठमाण्डौ – एनआईसी एसिया बैंकले कोरोना महामारीका बेलामा ऋणीमाथि आर्थिक अपराध गरेको पाइएको छ ।
बैंकले कोरोना महामारीमा मौका छोपेर ऋणीलाई मिटर ब्याज शैलीमा चर्को ब्याज असुली गरेको पाइएको हो । सहकारी संस्था तथा लघुवित्तले भन्दा पनि बढी चर्को ब्याज असुली गर्दै ऋणीहरुलाई आतंक बनाइएको पाइएको छ । बैंकले घर कर्जामा करिब १६ प्रतिशत ब्याजदर लिने गरेको पाइएको हो ।
सवारी साधनका लागि लगानी भएको कर्जामा पनि बैंकले करिब १५ प्रतिशत ब्याजदर लिने गरेको पाइएको हो । यस्तो ब्याजदर मिटर ब्याज लगाउनेदेखि सहकारी संस्थाहरुले लगाउने गर्छन् । राष्ट्र बैंकको निर्देशनलाई समेत धज्जी उडाएर एनआइसीले २०७८ सालदेखि ब्याजदर बढाएको पाइएको हो । एनआईसी एसिया बैंकको अघिल्लो वर्षको चैत मसान्तमा आधार दर ९.६१ थियो । अर्थात् पहिलेभन्दा अहिले आधार दर घटेको छ । आधार दर घट्दा ब्याजदर पनि घट्नुपर्नेमा अझ अस्वभाविक रुपले बढाएर ऋणीसँग ब्याज असुल उपर गरेको पाइएको हो ।
एनआइसी एशिया बैंकका ऋणीहरु बैंकको चर्को ब्याज असुलीका कारण तनावमा परेका छन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष उजुरी गर्नेसम्मको चेतावनी दिएका छन् । यद्धपी केही दिनअघि बैंकका सिइओ रोशन कुमार न्यौपाने, बैंकका अध्यक्ष तुल्सिराम अग्रवालसहित अर्का एक व्यक्तिर्ला सरकारकै सिफारिसमा प्रवल जनसेवाश्री पदकबाट विभुषण गरिएको थियो । यस्तोमा सरकराले कारबाही गर्ला भनेर आस गर्नु दूर्भाग्य हुने अर्का एक ऋणी बताउँछन् ।
एनआइसी एशिया बैंकले बिराटनगर, काठमाडौं, धादिङ, पोखरा लगायत क्षेत्रका ऋणीलाई मानसिक तनाव दिएको छ ।
ऋणीले बैंक सार्न थाले
कोरोना महामारीकै बीचमा बैंकले ऋणीलाई कर्जा तिर्दा तिर्दै पत्रिकामा फोटो छापिदिने भन्दै फोटोकपी नै पठाउन थालेपछि ऋणीहरु बैंक सार्न थालेका छन् ।
एनआइसी एशिया बैंकबाटै ३ करोडभन्दा बढी ऋण लिएका एक व्यापारीले केही दिनअघि ऋण सारेर कृषि विकास बैंकमा पुर्याएका छन् । ‘यो बैंक चोर बैंक रहेछ । कर्जा नियमित तिर्दा तिर्दै फोटोकपीको फोटो पठाएर पत्रिकामा छापिदिन्छु भन्दै धम्काउने रहेछ,’ ती व्यापारीले भने,‘मैले यस्तो बैंकसँग कारोबार गर्नुहुन्न भनेर कृषि विकास बैंकमा सारेको छु ।’ उनका अनुसार ऋणीले ऋण सार्दा समेत बैंकले तनाव दिने गरेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar