१९ वैशाख,बुटवल – लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले विपक्षी दलहरूको धर्नाका बाबजुद शंकर पोखरेललाई मुख्यमन्त्रीको शपथ खुवाएका छन् ।
आइतबार साँझ कडा सुरक्षाबीच मुख्यमन्त्रीकाे कार्यालय पुगेर यादवले पोखरेललाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । दिउँसोदेखि विपक्षी दलका सांसदहरु आफूसँग बहुमत रहेको दावी गर्दै प्रदेश प्रमुखको निवासमा धर्ना दिइरहे पनि यादवले पोखरेललाई मुख्यमन्त्रीको शपथ खुवाएका हुन् ।
साथै आर्थिक तथा योजना मन्त्रीमा बैजनाथ चौधरी र स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा हरि रिजालले पनि आइतबारै शपथ लिएका छन् । यसअघि आइतबार बिहान एकल बहुमतको सरकार बनाउने ध्येयका साथ पोखरेलले पदबाट राजीनामा दिएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar