१९ वैशाख,काठमाण्डौ – सरकारले नागरिक एप मार्फत नै क्युआरकोडको स्क्यान गरेर बैंक खाता खोल्न सक्ने सुविधा ल्याएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिक एप मार्फत नै क्युआरकोड स्क्यान गरेर नेपाल बैंकमा खाता खोली यो सेवाको उद्घाटन गरेका हुन् ।
आइतबार सूचना तथा सञ्चार प्रविधि दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा सरकारले नागरिक एपमा यस्तो सुविधा ल्याएको जानकारी दिएको हो । एपबाटै बैंक खाता खोल्न सकिने सेवा सुविधा उपलब्ध गराइएको छ । यो संगै खाता खोल्नको लागी बैंक धाउनुपर्ने झन्झट समेत अन्त्य भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar