१९ वैशाख,काठमाण्डौ – सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्वसचिव दीप बस्न्यातलाई थुनामा राख्नुपर्नाको कारण माग गरेको छ ।
बस्न्यातले दिएको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै न्यायाधीश मीरा खड्काको एकल इजलासले ३ दिनभित्र लिखित जवाफ दिन विशेष अदालतलाई आदेश दिएको हो । सर्वोच्चले बन्दी प्रत्यक्षीकरणको आदेश किन जारी हुनु नपर्ने हो आदेश जारी हुन नपर्ने मनासिब आधार, कारण र प्रमाण भए खुलाई बाटोको म्यादबाहेक ३ दिनभित्र पेश गर्न भनी आदेश दिएको हो ।
ललिता निवासको जग्गा व्यक्तिको नाममा नामसारी गर्नमा संलग्नता रहेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले बस्न्यातलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर बस्न्यातले उक्त घटनामा आफ्नो संलग्नता नरहेको र हाल आफू कोरोना संक्रमित भएको र मुटुको रोगी पनि रहेको भन्दै रिहाइको माग गर्दै बन्दी प्रत्यक्षीकरण रिट दायर गरेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar