१९ वैशाख,ओखलढुङ्गा – ओखलढुङ्गामा पहिराले वितण्डा मच्चाएको छ ।
सामान्यतया असार/साउन महिनामा पहिराले क्षति गर्ने भए पनि ओखलढुङ्गाको चम्पादेवीमा यस वर्ष वैशाखमै पहिरो गएको हो । शनिबार साँझ भएको वर्षापछि आएको पहिराले चम्पादेवी गाउँपालिका – ३ सिल्खुबेँसीमा सात चौपाय पुरिएर मरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक शिव कट्टेलले जानकारी दिए ।
प्रहरीका अनुसार सिल्खुबेँसीका हरिप्रसाद सुवेदीको तीनवटा गाई, मोहन मगरको दुईवटा गोरू र मुनामाया बोगटीको दुईवटा गाई पहिरोमा पुरिएर मरेका छन् । सिल्खुमाथि खनेको कच्ची सडक र खहरेमा जम्मा भएको भेल बाढीको रूपमा गएपछि स्थानीयवासीका घर, गोठ र खेत बगाएको हो । सिल्खुको विद्यालय, स्थानीयवासीका घर र कृषिबालीमा समेत क्षति पुगेको छ ।
अचानक भएको वर्षाका कारण बाढीपहिरो आउँदा पशुचौपाय बगाएको, खेतबारीमा लगाएको बालीमा क्षति भएको भन्दै स्थानीय किसानले क्षतिको यकिन गरेर क्षतिपूर्ति दिन माग गरेका छन् ।
ओखलढुङ्गामा जथाभावी खनिएका कच्ची सडकका कारण पहिरो बगेर बर्सेनि ठूलो जनधनको क्षति हुने गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar