१९ वैशाख,काठमाण्डौ – एनआईसी एशिया बैंक लिमिटेडलाई आफ्नाे स्वामित्वमा रहेको २ वटा कम्पनीकाे सेयर बिक्री गर्न हम्मेहम्मे परेकाे छ ।
यसअघि पनि बारम्बार बिक्री खुल्ला गर्दा बिक्री नभएपछि बैंकले फेरि बिक्री खुल्ला गरेकाे छ । बैंकले नागरिक लगानी कोषको ५० हजार कित्ता र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे ४७ हजार ५ सय ६ कित्ता संस्थापक समूहकाे सेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे ।
नागरिक लगानी कोषको न्युनतम मूल्य प्रतिकित्ता एक हजार ३ सय ४७ रूपैयाँ र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकाे न्युनतम मूल्य प्रतिकित्ता ४ सय ४३ रूपैयाँ ताेकिएकाे छ ।
उक्त सेयरमा लगानीकर्ताले आज (वैशाख १९ गते, आइतबार) बाट वैशाख २४ गतेसम्म न्युनतम एक सय कित्तादेखि अधिकतममा १० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । त्यसैगरी, कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा एनआईसी एशिया बैंक लमिटेडकाे केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन्
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar