१९ बैशाख,काठमाण्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई किस्तीमा राखेर प्रधानमन्त्री पद दिँदा पनि उनी अनिच्छुक रहेको प्रमाणलाई पुष्टि गरेका छन् ।
गत शुक्रर देउवाले उनको नीजि निवासमा पत्रकार सम्मेलनका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्पको सरकार बनाउन किन नकस्सिएको भन्ने सवालमा ‘संख्या पुग्दैन।’ भन्दै उनले कांग्रेसको केन्द्रीय समितिमा र तीन दलको बैठकमा पनि संख्या नपुगेका कारण सरकार बनाउन कठिन रहेको बताउँदै आएका छन्। तर उनी भित्रैदेखि अहिले नै हतारमा ओलीमाथि अविश्वासको प्रस्ताव दर्ता गराउँदै सरकार बनाउने पक्षमा भने छैनन्।
कोभिड – १९ मा सरकारका कमजोरी र सुझावसहित केही माग समेत राखेका देउवाले ओलीको विकल्पमा सरकारको नेतृत्व लिन नचाहनुका खास तीन कारण रहेका छन्।
पहिलो :
औपचारिक रुपमा विकल्पको सरकार बनाउने निर्णय गरे पनि देउवा नहतारिनुको कारण सुविधाजनक बहुमतको आवश्यकता हो। यति मात्र नभएर अविश्वासको प्रस्ताव दर्ता गराएपछि त्यो फेल भए पुनः एक बर्षसम्म अर्को प्रस्ताव ल्याउन नमिल्ने संवैधानिक प्रावधान छ।
उनले भने,‘प्रस्ताव फेल भयो भने अर्को एक बर्ष ल्याउन मिल्दैन त्यहि भएर संख्या पुग्दैन। माओवादी र जसपाले संख्या पुराएर ल्याउन सक्नुपर्छ। यसै सरकार बनाऊ भनेर हुँदैन।’
दोस्रो :
अहिले कोभिड महामारीका कारण मुलुक आक्रान्त बनेको छ। यसबेला राज्यले रोग नियन्त्रणका लागि धान्ने अवस्था नरहेकोमा देउवा जानकार छन्।
उनले पत्रकार सम्मेलन गरी ११ बुँदे माग राख्दै आइशोलेशनदेखि उपचार र अस्पतालसम्मका माग गरेका छन्। यसबेला ओलीको विकल्पमा आफू सरकारमा आए यो संकट समाधानमा कठिनाई हुने उनको बुझाई छ।
कांग्रेस स्रोतले भन्यो,‘कोभिडको प्रभाव लामो जानसक्छ। अहिले सरकारमा आए अस्रेल्ल र लथालिङ्ग अवस्थालाई सुधार्न कठिन हुनेछ। जसले सरकारप्रति नागरिकको अविश्वास हुनेछ।’ यति मात्र होइन अहिले सरकारको तिव्र आलोचना भइरहेको छ। भोलीका दिनमा देउवा सरकारमा आए राजनीतिमा नै आम नागरिकको वितृष्णा हुने अवस्था आउन सक्ने आँकलनका आधारमा चुनावमै जाने देउवाको इच्छा हो।
‘सरकार यसै पनि कमजोर भइसकेको छ। चुनावको वातावरण बनेको खण्डमा कांग्रेस बलियो हुने र एकल सरकार बनाउन सक्ने सोच सभापति देउवाको हो’, उनीनिकट एक नेताले भने,‘यसैले पनि जोखिम नमोलौं भन्ने छ।’
तेस्रो :
संविधानअनुसार ७ भदौदेखि कांग्रेसको १४ औं महाधिवेशन अनिवार्य गर्नुपर्ने हुन्छ। अहिले सरकार हत्याए संविधान संशोधन गरी महाधिवेशनको मिति तय गर्नुपर्ने हुन्छ। त्यसका लागि दुई तिहाई संख्या चाहिन्छ। ओलीको विकल्पमा सरकार बने संविधान संशोधन गरी कांग्रेस महाधिवेशनका लागि वातावरण नबन सक्छ।
‘ओलीबिना संविधान संशोधन हुँदैन र महाधिवेशनको मिति नसर्न सक्छ। त्यसो हुँदा यो कोभिडको बेला कसरी महाधिवेशन सम्भव होलारु भन्ने पनि चिन्ता छ’, स्रोतले भन्यो,‘अर्को समीकरण बने ओलीले पछि संशोधनमा साथ दिएनन् भने पार्टीलाई समस्या पर्न सक्छ।’ सर्वदलीय बैठकमा ओलीले कांग्रेस जोगाउनका लागि सरकारले संविधान संशोधनको प्रस्ताव ल्याउन सक्ने आश्वासन दिएका थिए। त्यसमा ओलीइतरले पनि सहयोग गर्ने देउवाको आँकलन छ।
महाधिवेशन सारेर नयाँ निर्वाचनका लागि तयारी गर्ने र अर्को पटक फेरि सभापति हुने देउवाको चाहना रहेकाले पनि उनी ओलीको विकल्पमा तत्काल तयार नभएको बताइन्छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar