१७ बैशाख,काठमाण्डौ – पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको छ ।
कोरोना सङ्क्रमण भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत शाहको बिहीबार साँझदेखि उक्त विधिबाट उपचार थालिएको हो । नर्भिक अस्पतालका सूचना अधिकारी सोमनाथ बाँस्तोलाका अनुसार पूर्वरानीमा श्वासप्रश्वासको समस्या र अक्सिजनसमेत कमी भएपछि बुधबार साँझदेखि सघन उपचार कक्षमा सारिएको थियो ।
अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनलाई हाल अक्सिजनको सामान्य प्रयोग गरिएको छ । पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ । उनलाई अक्सिजन दिनुपरेको छैन ।
उनीहरु तीनै जना गत शनिबारदेखि नर्भिक अस्पतालमा भर्ना भएका थिए । त्यसको केही दिनअघि उनिहरुको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar