१७ बैशाख,काठमाण्डौ – नेपालकाे पहिलाे विद्युतीय बाइक यात्री माेटरसाइकलकाे बुकिङ खल्ती डिजिटल वालेटबाट गर्न सकिने भएकाे छ ।
यात्री माेटरसाइकलले पहिलाे चरणमा १ हजार बाइककाे बुकिङ लिने छ । कम्पनीले सुरूमा १० हजार रूपैयाँ भुक्तानी गरेर बाइककाे बुकिङ गर्न सकिने व्यवस्था मिलाएकाे छ । यात्री माेटरसाइकलले खल्तीबाट मात्रै बुकिङकाे भुक्तानी लिने छ । कम्पनीले नगद भुक्तानी लिने छैन । माेटरसाइकलकाे बुकिङ अप्रिल २३ (शुक्रबार) देखि गर्न सकिने छ । यात्री माेटरसाइकल सहरी क्षेत्रका कामकाजीहरूलाइ लक्षित गरेर निर्माण गरिएकाे विद्युतीय सवारी हाे ।
कम्पनीले सुरुवाती समयमा पी जेरो र पी वान गरी दुई वटा मोडेल बजारमा ल्याएको छ । कम्पनीको प्रिमियम बाइक पी जेरोको मूल्य १९ लाख ४९ हजार रुपैयाँ राखिएको छ । यस्तै पी वानको मूल्य ४ लाख ९५ हजार रुपैयाँ छ । कम्पनीले अहिले अर्डर गरेकाे माेटरबाइक ४ महिनामा उपलब्ध गराइने जनाएको छ ।
यात्री पी जेरो मोडेलको मोटरबाइक एक पटकको चार्जमा २३० किलोमिटर गुड्नसक्ने कम्पनीले जनाएको छ । सुरुवाती २.५ सेकेन्डमै ६० किलोमिटर प्रति घण्टाको गति पकड्न सक्ने यो बाइक अधिकतम १४० किलोमिटर प्रतिघण्टा गुड्न सक्ने कम्पनीकाे दाबी छ । यसको तौल १९५ केजी छ । त्यस्तै यात्री पी वान मोटरसाइकल एक पटक चार्ज गर्दा १२० किलोमिटरसम्म गुड्न सक्छ ।
खल्तीका सहायक प्रबन्धक जाेनाम भूर्तेल नेपालकाे पहिलाे विद्युतीय माेटरवाइककाे प्रिबुकिंग प्लेटफर्म खल्तीलाइ बनाउन पाउँदा आफूहरू उत्साहित भएकाे बताउँछन् । ‘नेपाली विद्युतीय माेटरबाइककाे लामाे प्रतिक्षा गरिरहेका ग्राहकले अब खल्ती माेवाइल एपबाटै त्यसकाे बुकिंग गर्न सक्ने भएका छन्,’ उनले भने, ‘यसरी प्रिबुकिंग गर्न पाउने सुविधा खल्ती वालेटमा मात्रै उपलब्ध छ ।’
खल्ती डिजिटल वालेट नेपालको लाेकप्रिय पेमेन्ट गेटवे हो, जसको उद्देश्य प्रयोगकर्ताको समय बचत गरी भुक्तानी र बैंकिंग कारोबार सहज साथै सरल गर्नु हो । ‘खल्ती’ वालेटको प्रयोग गरी ६०+ बैंकमा पैसा पठाउन सकिने साथै मोबाइल रिचार्ज, बिजुली, पानी, इन्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म, प्लेन, इभेन्ट्स को टिकट खरिद, होटेल रुम बुकिङ गर्ने, इ – कमर्स मार्फत किनिएको सामानको भुक्तानी गर्ने, दैनिक पत्रिकाहरुको ग्राहक – शुल्क तिर्ने, सरकारी कर तथा सेवा शुल्क तिर्ने जस्ता धेरै सेवाहरु लिन सकिन्छ । साथमा भुक्तानीमा पाइने क्यासब्याकको फाइदा उठाई रकम बचत गर्न पनि सकिन्छ। ‘खल्ती’का प्रयोगकर्ताहरुको संख्या १४ लाख ५० हजारभन्दा बढि छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar