१४ वैशाख,पोखरा – नेकपा एमालेभित्रको विवादको प्रभाव प्रदेश सरकारमाथि पर्न थालेको छ ।
यसको पहिलो शिकार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ भएका छन् । उनीविरुद्धको अविश्वासको प्रस्तावमाथि प्रदेशसभामा बहस मंगलबार समाप्त हुने र बुधबार मतदान हुनेछ ।
सदनभित्रको समिकरणमा अल्पमतमा परेका मुख्यमन्त्री गुरुङले मतदान अगाडि नै राजीनामा दिने तयारी गरेको स्रोतले बतायो । यससँगै एमालेभित्रको असन्तुष्टि र माओवादी ओलीसँग अलग भएपछि सत्ताच्यूत हुने पहिलो प्रादेशिक सरकार गण्डकी सरकार बन्ने भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar