१४ वैशाख,काठमाण्डौ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री एवं नेकपा एमालेका नेता टोपबहादुर रायमाझी लाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार टेकु अस्पतालमा गरिएको परीक्षणमा पीसीआर रिपोर्ट पोजेटिभ आएको मन्त्रीका प्रेस सल्लाकार लिला जिसीले जानकारी दिए ।
मन्त्रीसँग सम्पर्कमा आएका सबैलाई सजक रहन र परीक्षण गर्न पनि आग्रह गरिएको छ । मन्त्री रायमाझीको अहिले वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा उपचार भइरहेको सचिवालयले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar