१४ बैशाख,पोखरा – गण्डकी प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वास प्रस्ताव ल्याएका दलहरुले आफ्ना सांसदलाई रिसोर्टमा लगेर राखेका छन् ।
अविश्वास प्रस्तावमा मतदान हुने मिति नजिकिएसँगै विपक्षी गठबन्धनले आफ्ना सांसदहरुलाई रिसोर्टमा राखेको हो । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालले आफ्ना सांसदहरुलाई मंगलबारदेखि रिसोर्टमा राखेका हुन् ।
केही दिनअघि लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीविरुद्ध ल्याइएको अविश्वास प्रस्तावको पक्षमा हस्ताक्षर गरेकै चार सांसदलाई मुख्यमन्त्री शंकर पोखरेलले सरकारमा सहभागी गराएपछि झस्किएका दलहरु गण्डकी प्रदेशमा पनि त्यस्तो अवस्था नदोहोरियोस् भनेर आफ्ना सांसदलाई रिसोर्टमा लगेर राखेका हुन् । यद्यपि, गण्डकी प्रदेशसभा सदस्य दिपक कोइरालाले सबै एकै ठाउँमा बसौं भन्ने लागेर सांसदहरु रिसोर्टमा बसेको बताए । ‘आन्तरिक छफफलका लागि सबै सँगै बसौं भन्ने लागेर एकै ठाउँमा बसेको हो,’ उनले भने, ‘प्रदेशसभामा प्रचुर बहुमतबारे आन्तरिक छलफल गर्न एकै ठाउँमा बसिएको हो ।’
काँग्रेस र माओवादी केन्द्रका सांसदहरु लेकसाइडस्थित कुटी रिसोर्टमा एकैठाउँ बसेका छन् भने जसपा नेपालकाका सांसद छुट्टै बसेका छन् । माओवादी केन्द्रका प्रदेशसभा सदस्य कोइरालाले अविश्वास प्रस्ताव अत्यधिक मतले पारित हुने दावी गरे । मुख्यमन्त्री गुरुङविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमा ४ पार्टीले एकढिक्का भएर मतदान गर्ने उनको भनाइ छ । उनले अविश्वासको प्रस्तावको पक्षमा ३२/३३ मत पुग्ने दावीसमेत गरे ।
गण्डकी प्रदेशसभामा ६० जना सांसद छन् । त्यसमध्ये मुख्यमन्त्री गुरुङको दल नेकपा एमालेका २७ सांसद छन् । मनाङ ‘ख’ बाट स्वतन्त्र निर्वाचित दिपक मनाङेले पछिल्लो क्रममा आफू स्वतन्त्र सांसद भएको बताउँदै आएका छन् । माओवादी केन्द्रका १२, काँग्रेसका १५, राष्ट्रिय जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ सांसद छन् ।
मुख्यमन्त्री गुरुङलाई सरकार जोगाउनका लागि कम्तीमा ३१ मत आवश्यक पर्छ । यता संसदमा अविश्वास प्रस्ताव पारित गर्न पनि चार पार्टीले कम्तीमा ३१ मत पु¥याउनुपर्ने हुन्छ । यसकालागि काँग्रसका १५,जनता समाजवादी पार्टी २, राष्ट्रिय जनमोर्चा ३ र माओवादी १२ गरी कुल ३२ मत हुन्छ । त्यसमध्ये माओवादीका नेत्रनाथ अधिकारी सभामुख भएकाले उनले मतदान गर्न पाउने छै्रनन् । त्यसैले अहिलेको अवस्थामा विपक्षी गठबन्धनसँग ३१ मत प्रस्ट देखिन्छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar