१३ बैशाख,काठमाण्डौ – कोभिड – १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सरकारी कार्यालयमा हप्ताको दुई दिन बिदा सरकारलाई सिफारिस गरेको छ ।
सरकारी कार्यालयहरुमा न्यूनतम कर्मचारी राखेर संचालन गर्ने र हप्तामा दुई दिन बिदा गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा सिफारिस गरिएको हो । सोबारेमा मन्त्रिपरिषद्को आज बस्ने बैठकले निर्णय गर्ने छ ।
कोरोना महामारीलाई मध्यनजर गर्दै सीसीएमसीको बैठकले सबै परिक्षा स्थगित गर्न निर्देशन गरिसकेको छ ।
त्यस्तै निषेधाज्ञा जारी गर्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाइ दिन पनि सिफारिस गरिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar