१२ बैशाख,काठमाण्डौ – नेपाली कांग्रेसले सोमबारका लागि बोलाएको केन्द्रीय कार्यसमितिको बैठक स्थगित गरेको छ ।
आइतबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकलले कोभिडको जोखिम बढ्दै गएकाले सोमबारको बैठक स्थगित गरी वैशाख १५ गते दिउँसो २ बजे बस्नेगरी बैठक स्थगित गर्ने निर्णय गरेको कांग्रेसका पूर्व सहमहामन्त्री अर्जुननरसिंह केसीले जानकारी दिए ।
त्यसअघि सबै केन्द्रीय सदस्यको पीसीआर परीक्षण गरिने उनले जानकारी दिए । आइतबारको बैठकमा पार्टीको १४ औँ महाधिवेशनको तयारीका बारेमा छलफल गरिएको र क्रियाशील सदस्यताको काम पूरा गर्न निर्देशन दिने निर्णय भएको छ । तर समायोजनको विवाद देखिएका सात जिल्लाको विवाद भने आजको बैठकले पनि टुंग्याउन सकेन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar