१२ बैशाख,काठमाण्डौ – नेकपा एमालेका माधव पक्षले कर्णालीमा जस्तै केन्द्रमा पनि फ्लोर क्रस गरेर प्रधानमन्त्रीलाईलाई अविश्वासको प्रस्ताव पारित गर्ने सुइँको पाएपछि प्रधानमन्त्री केपी ओलीले पार्टीको महाधिवेशन आयोजक कमिटीको बैठक डाकेका छन् ।
एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सरकारि निवास वालुवाटारमा बैठक बोलाएका हुन् । एमाले कार्यालय सचिव ईश्वरी रिजालले प्रधानामन्त्रीले आकस्मिक रूपमा महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको बताए ।
प्रधानमन्त्री ओलीले शुक्रबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललगायत माधव पक्षका नेताहरुलाई पार्टीको जिम्मेवारिबाट हटाएका थिए ।
त्यसलगत्तै प्रधानमन्त्रीले माधव नेपाल र वामदेव गौतमसंग छुट्टा छुट्टै भेट गरेका थिए । यद्यपि कुरा नमिलेपछि उनिहरु पुन आ आफ्नै बाटोमा लागेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar