११ वैशाख,काठमाण्डौ – कुनै भवितव्य नपरेमा आगामी बैसाख १४ गते मंगलबार नेपालको २ पुराना र ठुला बैंकको मर्जरको एमओयू हुने भएको छ ।
३ महिना अघिदेखी मर्जरमा जानेभन्दै चर्चा चलाएका २ बैंकले डिडिए सकेर मर्जको तयारीमा जुटेका हुन । बैसाख १४ गते मंगलबार मर्जरको लागी एमओयूको तयारी भएको एक बैंक स्रोतले जनाएको छ । मर्जर अन्तिम चरणमा पुगेको छ । कुनै बाधा आएन भने आगामी असारभित्रै एकिकृत कारोवारको तयारी भएको स्रोतले जनाएको छ ।
हिमालयन बैंक संचालक समिति बैंठक बैसाख २ गते बसेको थियो । सो बैठकमा मर्जरबारे घनिभुत छलफल भएको थियो । कुनै भवितव्य घट्ना नभएमा आगामी मंगलबार दुई बैंकको मर्जरबारे एमओयू हुने जनाइएको छ । नेपालको दुई ठुला बैंक नेपाल इन्भेष्टमेन्ट बैंक लि र हिमालयन बैंक लि बीच मर्जरको तयारी तिब्र भैरहेको छ । हिमालयन बैंकको चुक्ता पूँजी अहिले २० अर्व रहेको छ भने नेपाल इन्भेष्टमेन्ट बैंकको २६ अर्व रहेको छ । दुई बैंक मर्जरपछि कुल चुक्ता पूँजी रिजर्भसहित ४६ अर्बको हुनेछ ।
बैंकको नाममा पनि प्ररम्भीक छलफल भएको छ । दुबै बैंकको अस्तित्व नमेटिनेगरी हिमालयन इन्भेष्टमेन्ट बैंक राख्ने तयारी भएको छ । अन्तिम टुङ्गो नलागेपनि नाम, अध्यक्ष, सीईओ र डेपुटी सीईओबारे छलफल भैरहेको छ । यद्येपी यसको टुङ्गो भने एमओयू पछिमात्रै लाग्नेछ । प्रारम्भीक छलफल अनुसार अध्यक्ष नेपाल इन्भेष्टमेन्ट बैंकले लिने र सीईओ हिमालयन बैंकले पाउने लगभग सहमती भएको छ ।
इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वी बहादुर पाँडे मर्जपछि पनि अध्यक्ष रहेने छन भने सीईओमा हालका हिमालयन बैंकका सीईओ अशोक राणा नै कायम रहने छन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar