१० बैशाख,काठमाण्डौ – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी गठन गरेका छन् ।
वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षलाई ‘बाइपास’ गरेर उनले सो कमिटी गठन गरेका हुन् । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले महाधिवेशन आयोजक कमिटी बैठकमा ओलीले नयाँ स्थायी कमिटी गठन गरेका हुन् । ओलीले गठन गरेको स्थायी कमिटीमा ईश्वर पोखरेलपछि रामबहादुर थापा बादललाई वरियता क्रममा राखिएको छ ।
यस्तो छ आज गठन गरिएको स्थायी कमिटी
केपी शर्मा ओली, बामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा बादल, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वी सुब्बा गुरुङ, रघुवीर महाशेठ, केशब बडाल र पुष्पराज कँडेल रहेका छन् ।
स्थायी कमिटीमा बाँकी सदस्यहरु पछि थप गर्ने बताइएको छ । ओली गठन गरेको स्थायी कमिटीमा नेपाल – खनाल समूहका कुैनपनि नेतालाई समेटिएको छैन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar