१० बैशाख,काठमाण्डौ – कोरोना भाइरस कोभिड – १९ सङ्क्रमणबाट चितवनमा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रत्ननगर नगरपालिका – २ की ३९ वर्षीया महिला रहेको अस्पतालले जनाएको छ । निमोनियाको समस्याका कारण वैशाख ७ गते पुरानो मेडिकल कलेजमा भर्ना भएकी उनको उपचारका क्रममा आज बिहान ४ बजे मृत्यु भएको हो ।
उनमा वैशाख ९ गते कोभिड सङ्क्रमण पुष्टि भएको थियो । कोभिड सङ्क्रमण पुष्टि भएसँगै उनी चितवन मेडिकल कलेजको कोभिड सघन उपचार कक्षमा भर्ना भएकी थिइन् । उनको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको चितवन मेडिकल कलेजले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar