९ बैशाख,काठमाण्डौ – शिवश्री हाइड्रोपावर कम्पनीले निर्माण गरेको माथिल्लो चाकु ए जलविद्युत आयोजनाको व्यवसायिक उत्पादन शुरु भएको छ ।
आज (बिहिवार) एक कार्यक्रम गर्दै सिन्धुपाल्चोकको भोटेकोशी गाँउपालिकामा निर्माण सम्पन्न भएको सो आयोजनाको व्यवसायिक उत्पादन शुरु गरिएको हो । निजी क्षेत्रको अगुवाइमा निर्मित २२.२ मेगावाट क्षमताको माथिल्लो चाकु – ए जलविद्युत आयोजनाले गत वैशाख २ गते आफ्नो उत्पादन केन्द्रिय प्रशारण लाइनमा जोडेको थियो ।
सम्पुर्ण परिक्षणका प्रकृया सकेर आयोजनाले विहीबारबाट व्यवसायिक उत्पादन गर्न थालेको हो । योसँगै राष्ट्रिय प्रशारण लाइनमा तल्काल साँढे तीन मेगावाट विद्युत थपिएको छ । आयोजना रहेको भोटेकोसी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले आयोजनाको व्यवसायिक उत्पादनको सुभारम्भ गरेका हुन् ।
नेपाल–चीन सीमावर्ती भोटेकासी गाउँपालिका – ४ फूल्पिङकट्टीमा निर्मित आयोजनाको उत्पादन २२ किलोमिटर दुरीमा लामोसाँघुमा रहेको विद्युत प्राधिकरण स्वामित्वको सुनकोसी जलविद्युत केन्द्रको सव–स्टेसनमार्फत केन्द्रीय प्रशारण लाइनमा जोडिएको शिवश्रीका अध्यक्ष बच्चु पौडेलले बताए । हिउँदको सुख्खा मौसम भएकाले आयोजनाबाट तत्काल साँढे तीन मेगावाट विद्युत भइरहेको उनले जनाए । ‘आगामी असारदेखि मात्र पूर्णक्षमतामा उत्पादन हुन्छ,’ अध्यक्ष पौडेलले भने -“ प्राधिकरणले हिउँदमा सात र बर्खामा चार रुपैयाँ तिरेर प्रतियुनिट विद्युत खरिद गर्ने छ ।” अध्यक्ष पौडेलका अनुसार उत्पादित विद्युत बिक्रीबाट महशुलबापत वार्षिक ५० देखि ६० करोड रुपैयाँ आयोजनाले आम्दानी गर्ने छ ।
फूल्पिङकट्टीको चन्द्राकुमा रहेको बाँधबाट दुई हजार पाँच सय मिटर लामो भूमिगत सुरुङमार्फत चाकु खोलो छिराइ चाङ्लेकट्टीस्थित उत्पादन गृहमा पु¥याइएको आयोजना निर्धारित समयभन्दा चार वर्ष ढिलो गरी निर्माण सम्पन्न भएको हो । २०७३ भित्र सक्ने गरी २०६९ साउन ३० गतेबाट आयोजना निर्माण थालिएको थियो । २०७१ साउनको जुरे पहिरो, २०७२ वैशाख १२ को भोटेकोसी बाढी र लगातारको बर्खे बाढीपहिरोले क्षति पु¥याउँदा आयोजना सम्पन्न हुन ढिलाइ भएका शिवश्रीका संस्थापक कार्यकारी अध्यक्ष तथा सल्लाहकार उमेश कसजूले बताए । निर्माण सम्पन्न हुँदा प्रतिमेगावट लागत २३ करोड रुपैयाँ पुगेको कसजूले जानकारी दिए । ‘निर्माण अवधि लम्बिँदा आयोजना केही महंगो पर्न गएको छ,’ उनले भने । उनका अनुसार भूकम्पले निर्माणाधीन आयोजनालाई धेरै क्षति पु¥याएको थियो ।
शिवश्रीका अनुसार सिटिजन बैँक लिमिटेडको अगुवाइमा विभिन्न १२ बैंक तथा बित्तिय संस्थाले आयोजनामा तीन अर्व रुपैयाँ ऋण लगानी गरेका छन् । स्थानीयसहित सर्वसाधरणलाई २० प्रतिशत सेयर बितरण गरिसकेको आयोजनामा निजी क्षेत्र (संस्थापक) को एक अर्व ४७ करोड रुपैयाँ लगानी रहेको शिवश्रीका कार्यकारी अध्यक्ष बच्चु पौडेलले जनाए । शिवश्री र विद्युत प्राधिकरणबीच २०६७ मा पिपिए (विद्युत खरिद सम्झौता) भएको थियो ।
आयोजनाले २०७५ पुसमा आयोजना प्रभावित स्थानीयको लागि १४ लाख ७६ हजार कित्ता साधारण शेयर जारी गरेको थियो भने आयोजनाको कर्मचारी र सर्वसाधारणको लागि २० लाख २३ हजार कित्ता शेयर निष्कासन गरेको थियो । २०६७ सालमा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत खरिद सम्झौता गरेको आयोजनाको प्रतिमेगावाट लागत २० करोड रहेको छ ।
कम्पनिले आयोजना पुरा गर्न सर्वसाधारणहरुको लागि प्राथमिक शेयर समेत लागु गरेको थियो । अहिले आयोजनाको १ करोड ४१ लाख कित्ता शेयर धितोपत्र बोर्डमा सुचिकृत छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar