९ बैशाख,काठमाण्डौ – मेघा अस्पतालले बुधबारबाट नेपालमा पहिलो पटक शतप्रतिशत निशुल्क रुपमा कोरियन थर्मो थेरापी सुरु गरेको छ ।
कोरियन संस्था विगेन नेपालको सहयोगमा यो अस्पतालले कोरियन थर्मल थेरापी सेवा सुरु गरेको हो । यस अस्पतालमा यो थेरापी पद्वतिबाट विभिन्न किसिमका रोगहरुको निशुल्क उपचार गर्न सकिन्छ । यस अस्पतालले सुगर, प्रेसर तथा जनरल चेकअप निशूल्क रुपमा गर्दै आइरहेको छ । सेवा नै धर्म हो भन्ने मुल मन्त्र लिएर अगाडि बढेको यो अस्पतालले यसअघि पनि विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको छ ।
अस्पतालले यसअघि नेपालमा कारोनाको पहिलो चरण शुरु भएदेखि गरिब, असहायहरुका लागि निशुल्क उपचार तथा खाने बस्ने व्यवस्था समेत गर्दै आइरहेको छ । अस्पतालले हाल दुई स्थानमा अस्पतालको भवन स्थापना गरि सेवा प्रदान गर्दै आइरहेको छ । मेघा अस्पताल भवन १ जुन धोबीघाट ललितपुरमा रहेको छ भने अर्को मेघा २ भवन सानेपा बल्खु चोकमा रहेको छ ।
हाल मेघा १ लाई कोभिड अस्पतालको रुपमा परिणत गरिएको छ भने मेघा २ बाट जनरल सेवा प्रदान भइरहेको अस्पतालका अध्यक्ष किशोर जंग राणाले जानकारी दिए । के हो कोरियन थर्मल थेरापी रु कोरियन थर्मल थेरापी प्राकृतिक तरिकाबाट गरिने उपचार पद्वति हो । यो पद्वतिबाट उपचार गर्दा कुनै साइड इफेक्ट देखिँदैन ।
कस्ता कस्ता समस्याको यो पद्वतिबाट उपचार गर्न सकिन्छ रु यस पद्वतिबाट मृगौला सम्बन्धी समस्याहरु, हातगोडा तथा कम्मरको दुखाईको समस्या, उच्च तथा निम्न रक्तचाप, मुटु सम्बन्धी समस्याहरुको उपचार हुन्छ । यस्तै, पायल्स, ग्याँष्ट्रिक, कब्जीयत, टन्सिल थायराइड, मोटोपन, मधुमेह, प्यारालाइसिस् निन्द्रा नलाग्ने रोगहरुको उपचार गर्न सकिने अस्पतालले जनाएको छ ।
यस्तै यो पद्वतिबाट हाडजोर्नी तथा नशासम्बन्धी समस्याहरु, निमोनिया, एलर्जी, माइग्रेन, पाठेघर, महिलामा हुने महिनावारी सम्बन्धी समस्याहरुको उपचार हुन्छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar