९ बैशाख,काठमाण्डौ – राजनीतिमा ‘बडि ल्याङ्ग्वेज’ ठूलो अर्थ र महत्व हुन्छ । ठूला नेताहरुको शरिरको हाउभाउ र अवस्थितिलाई लिएर विभिन्न टिप्पणी हुने गरेको छ ।
बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र माधव कुमार नेपालबीच मेरियट होटलमा भेटघाट भयो । लामो समयदेखिको संवादहिनतालाई तोड्दै दुई नेताबीच भेटवार्ता भएपछि राजनीति र मिडिया बृत्तमा प्रधानमन्त्रीको बडि ल्याङ्ग्वेज निकै चर्चाको विषय बन्यो ।
प्रधानमन्त्री ओलीसँगै रहेका माधव नेपाल शालिन र भद्र हिराबले दुवै खुट्टा तल झारेर बसेका देखिन्थे भने प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीको आशन भने अचम्मको थियो । उनले नेपाल तर्फ फर्किएर उपरखुट्टि लगाएर बसेको तस्विर प्रधानमन्त्रीको सचिवालयबाटै भाइरल बनाइएको थियो ।
प्रधानमन्त्री ओलीको आशन यसअघि विवादित नबनेको भने होइन । उनले सार्वजनिक मञ्चमै उपराष्ट्रपति नन्द बहादुर पुनलाई दुर्व्यबहार गरेका थिए । तत्कालिन सभामुख ओनसरी घर्तिलाई भेट्न गएका ओलीले त्यतिबेला नै उपरखुट्टी लगाएर बसेको तस्विर भाइरल भएको थियो ।
त्यस्तै यसपटक पनि एमालेको बिवाद समाधान गर्ने भन्दै ओली र नेपालविच मेरियट होटलमा भेटघाटका क्रममा ओलीले उपरखुट्टी लगाएर बिवादित भएका हुन् । त्यसोत उनको बिषयलाई लिएर सामाजिक संजालमा पनि निक्कै प्रश्न उठेको थियो ।
पछिल्लो भेटवार्तामा एकाएक आशन चेन्ज
हिजो बुधबार प्रधानमन्त्री केपी शर्मा ओली र माधव कुमार नेपालबीच मेरियट होटलमा भेटघाटका क्रममा उपरखुट्टि लगाएर बसेको आफ्नो तस्विर भाइरल भएपछी झस्कियका प्रधानमन्त्री ओली आज बिहिवारको भेटवार्तामा भने मर्यादित रुपमा प्रस्तुत भएका छन् ।
बुधवारको भेटघाटका क्रममा ओलीको अमर्यादित शैलिलाई लिएर सामाजिक संजालमा आलोचना भएपछी प्रधानमन्त्री बिहिवारको भेटबार्तामा सजग भएका हुन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar