९ बैशाख,काठमाण्डौ – काठमाडौं उपत्यकालगायत देशभरका पहाडी र हिमाली क्षेत्र र पश्चिम तराईमा आज बिहानैदेखि वर्षा भइरहेको छ ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी र स्थानीय वायूको प्रभावका कारण रातीबाट ठूलो प्रणाली विकास भएकाले बिहानैदेखि वर्षा गराएको हो ।
काठमाडौं उपत्यकामा हिजो बिहानैदेखि बदली थियो भने केहि स्थानमा छिटफूट वर्षासमेत भएको थियो । आज राती भने सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्चपहाडी क्षेत्रमा पुनः वर्षा हुनसक्ने महाशाखाले जनाएको छ ।
अन्य स्थानमा मौसममा सुधार हुँदै जानेछ । महाशाखाकाअनुसार भोलिसम्ममा मौसममा पूर्ण सुधार भइसक्ने र घाम लाग्नेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar