८ बैशाख,काठमाण्डौ – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार साँझ वार्ता भएको छ ।
ओली र नेपालबीच बुधबार साँझ राजधानीको मेरियट होटलमा कुराकानी भएको हो। करीव डेढ घण्टा लामो वार्तापछि प्रसन्न मुद्रामा नेपाल बाहिरिएका थिए । वार्ताका क्रममा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय देशव्यापी रुपमा वरिष्ठ नेता माधवकुमार नेपालले बनाएको समानान्तर कमिटीबारे चासो दिएका थिए ।
गत बैशाख ३ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई माधव नेपाल निकटका नेताहरुले फ्लोरक्रस गरी सत्ता टिकाईदिएको थियो । प्रधानमन्त्री ओलीले बरिष्ठ नेता नेपालको उक्त कदमबारेपनि चासो दिएका थिए । श्रोतका अनुसार प्रधानमन्त्री ओलीले बरिष्ठ नेता नेपाललाई कर्णली प्रदेशमा जस्तै लुम्बिनी प्रदेशमा फ्लोर क्रस नगर्न समेत निक्कैबेर आग्रह गरेका छन् । बिषेसगरी एमसिसि र लुम्बिनी प्रदेशका बारे छलफल गर्ने भनिएपनि छलफलका अधिकांश समय प्रधानमन्त्री ओलीले बरिष्ठ नेता नेपाललाई लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेललाई टिकाईदिन आग्रह गरेका थिए ।
प्रधानमन्त्री ओलीको अत्यन्त बिश्वासपात्रका रुपमा रहेका नेता मुख्यमन्त्री शंकर पोखरेललाई केहिनिदअघी मात्र जनता समाजबादी पार्टी जसपा, नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेस पार्टीले अबिश्वास प्रस्ताव दर्ता गराएका थिए । यद्धपी अबिश्वास प्रस्ताव दर्ता गराएकै दिन आफुविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने जसपाका चार जनालाई मुख्यमन्त्री पोखरेलले मन्त्री बनाएर सत्ता टिकाउने प्रयास गरेका थिए । तर एमालेकै बरिष्ठ नेता नेपाल र खनाल निकटका प्रदेश सांसदहरुले मुख्यमन्त्री पोखरेलविरुद्ध फ्लोर क्रस गर्ने तयारी गरेपछी पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओली शंसकित भएका छन् ।
मेरिएट होटलमा भएको प्रधानमन्त्री ओली र बरिष्ठ नेता नेपालको वान टु वान भेट बार्ताका क्रममा पनि ओलीले लुम्बिनी प्रदेशबारे बिशेष रुपमा चासो दिएका थिए । त्यस्तै बार्ताका क्रममा बरिष्ठ नेता नेपालले भने प्रधानमन्त्री ओलीलाई सच्चिनुपर्ने भन्दै पटक पटक सुझाएका थिए । नेता नेपालले गत फागुन २८ गते ओली समुहले गरेको कथित निर्णय फिर्ता लिनुपर्ने अडान लिएका थिए । ‘फागुन २८ गते ओलीको निर्णयका आधारमा गरिएको अन्तरपार्टी निर्देशन, हामीलाई गरिएको र गर्न लागेको भनिएको कारबाही, पार्टी विधानको संशोधन, कार्यविभाजन, बाधा अड्काउ फुकाउने आदेशसमेत प्रारम्भदेखि नै गैरकानुनी दुराशययुक्त, नेपालको संविधान र राजनैतिक दलसम्बन्धी ऐन विपरित भएकाले बदर गरिपाउँ,’ ‘एमाले पार्टी त्यसको विधान र नवौं राष्ट्रिय महाधिवेशनद्वारा निर्वाचित केन्द्रीय कमिटिलाई पूर्ववत रूपमा कामकाज गर्न दिनू दिलाउनू अनि सच्चिएर आउनु’ बरिष्ठ नेता नेपालले सुझाए ।
उता वार्तास्थलमा रहेका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा एमाले सांसद मोति दुगडले भने वार्ता सकारात्मक भएको बताएका छन् । यद्धपी होटलबाट निस्कने क्रममा दुवै नेता प्रफुल्लित मुद्रमा देखिएपनि भेट बार्ताबारे भने प्रतिक्रिया दिन चाहेनन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar