आज सेयर बजारले पुन: ओरालो यात्रा तय गरेको छ ।
आज (बुधबार) सेयर बजारमा दोहोर अंकको गिरावट आएको हो । आज सेयर कारोबार मापक नेप्से परिसूचक ३२.४१ अंकले घटेर २६३२.२० को बिन्दुमा पुगेर रोकिएको हो । आज नेप्से परिसूचक १.२२ प्रतिशले घटेको हो ।
आइतबार र सोमबार लगातार गिरावट आएको सेयर बजारमा मंगलबार थोरै सुधार आएको थियो । लगानीकर्तामा थोरै उत्साह देखिए पनि आज फेरी गिरावट आएको छ ।
यस्तै आज सेन्सेटिभ परिसूचक ६.२१ अंकले घटेर ४७३.३९ को बिन्दुमा पुगेर बजार बन्द भएको छ । आज कूल २१४ कम्पनीको सेयर कारोबार भएको छ । कूल दुई सय १४ कम्पनीको एक करोड ३७ लाख ४४ हजार २९ कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ७५ करोड २३ लाख ८९ हजार ४७४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
कूल १३ वटा उपसमूहमध्ये एउटा मात्र उपसमूहको सेयर बढेको छ भने बाँकी १२ वटा उपसमूहको सेयर घटेको छ । आज म्युचुअल फण्ड समुहको मात्र सेयर बढेको हो ।
आज कारोबार रकमको आधारमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड अग्र स्थानमा रहेको छ ।
बैंकले २५ करोड ३९ लाख ७ हजार रुपैयाँ बराबरको कारोबार गरेको हो । कम्पनीको सेयर प्रतिकित्ता ५७२ रुपैयाँमा कारोबार भएको छ । त्यसैगरी हिमाल दोलखा हाइड्रोपावर, नागरिक लगानी कोष, मञ्जुश्री फाइनान्स, अपि पावर कम्पनी, नबिल बैंक, एनआईसी एशिया लघुवित्त, अप्पर तामाकोशी हाइड्रोपावर, एनआईसी एशिया बैंक र अरुण कावेली पावरले सबैभन्दा धेरै कारोबार गरेका छन् ।
आज ४ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ ।
आज ज्योति लाइफ इन्स्योरेन्स, महिला लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक र हिमाल दोलखा हाइड्रोपावरको सेयरमूल्य ९ प्रतिशत भन्दा धेरै प्रतिशतले बढेको छ । त्यस्तै, यूनियन हाइड्रोपावर, जनउत्थान सामुदायिक लघुवित्त, अपि पावर, छ्यांदी हाइड्रोपावर, युनाइटेड मोदी हाइड्रोपावर र हिमालय उर्जा विकासका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् ।
दोहोरो अंकले घटेको बजारमा आज लिर्वटी ईनर्जी कम्पनी लिमिटेडका लगानीकार्ताले सबैभन्दा धेरै गुमाएका छन् ।
आज कम्पनीको सेयर मूल्य १८ रुपैयाँले घटेर ३ सय ३० रुपैयाँमा अन्तिम कारोबार भएको हो । त्यसैगरी, आज सर्वाधिक सेयर मूल्य घट्ने अन्य कम्पनीहरुमा क्रमश: हिमालयन पावर पार्टनर, नारायणी डेभलपमेण्ट बैंक, आइ.सि.एफ.सि फाइनान्स, पाँचथर पावर कम्पनी, ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था, नेपाल हाइड्रो डेभलपर्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेड, गरिमा विकास बैंक र कामना सेवा विकास बैंक रहेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar