८ बैशाख,काठमाण्डौ – एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालत पुगेको झलनाथ खनाल र माधव नेपाल पक्षको रिट निवेदन बुधबार दर्ता हुन सकेन ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गत फागुन २८ यता गरेका निर्णय र आफुहरुलाई सोधेको स्पष्टीकरण विरुद्ध वरिष्ठ नेता खनाल- नेपाल समूह सर्वोच्च अदालत पुगेपछि बुधबार समय अभावका कारण रिट निवेदन दर्ता हुन नसकेको हो ।
खनाल-नेपाल पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता गोविन्द बन्दी, अधिवक्ता टिकाराम भट्टराई र शम्भु थापा लगायतका कानुन व्यवसायी सर्वोच्च पुगेर वारेसनामामार्फत अध्यक्ष ओली, महासचिव ईश्वर पोखरेल, निर्वाचन आयोग र सभामुखलाई विपक्षी बनाएर रिट निवेदन दर्ता गर्न सर्वोच्च पुगेका थिए ।
रिट निवेदनमा ओलीले गैरकानुनी रुपमा गरेका निर्णय कार्यान्वयन नगर्न र आफूहरु माथिको कारवाही रोक्न माग गर्नुका साथै उत्प्रेषण र प्रतिषेधको आदेश माग गरिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar