८ बैशाख,काठमाण्डौ – सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले २५ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका कूल २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ वैशाख १७ गतेबाट निष्काशन गर्न लागेको हो ।
आईपीओको कूल कित्तामध्ये २ प्रतिशतले हुन आउने ५० हजार ३६५ कित्ता सेयर कर्मचारीका लागि, ५ प्रतिशतले हुन आउने १ लाख २५ हजार ९११ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र बाँकी २३ लाख ४१ हजार ९५४ कित्तामा सर्वसाधारणको लागि छुट्याइएको छ ।
उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा २५ लाख १८ हजार २३० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कहाँबाट दिने आवेदन ?
लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि – आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछ।
कहिलेसम्म दिने आवेदन ?
लगानीकर्ताहरुले उक्त आईपीओमा निष्काशन छिटोमा वैशाख २१ गते र ढिलोमा वैशाख ३१ गतेसम्म आवेदन दिन सक्नेछन् ।
उक्त आईपीओ सर्वसाधारणमा निष्काशन गर्न बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar