८ बैशाख,काठमाण्डौ – निकै समयदेखी पन्छिदैं आएको सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ ।
प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबराको नेतृत्वमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा इजलासमा छन् ।
माओवादि द्धन्द्धमा अपहरण गरि मारिएका काभ्रेका अर्जुन लामाको हत्याको मुख्य दोषि सभामुख सापकोटा रहेको भन्दै मृतककी पत्नीसहितले उनीविरुद्ध मुद्धा दायर गराएका थिए । २०६९ मंसिर ७ गते लामाकि पत्नी पूर्णिमाया लामाले अर्जुनको हत्याको प्रमुख दोषि सापकोटा भएको भन्दै कर्तव्य ज्यानमुद्दा अघि बढाउन रिट दायर गराएकि थिईन् ।
तर उक्त मुद्धाको पेसी पटकपटक सर्दै आएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar