८ बैशाख,नेपालगञ्ज – बाँकेको नेपालगञ्जमा आज राती १२ बजेदेखि लकडाउन हुने भएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थान केन्द्रको बैठकले बुधबार राती १२ बजेदेखि बैशाख १५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । यसबीचमा दैनिक उपभोग्य वस्तु लगायतका पसल मात्रै खोल्न पाइनेछ । जिल्लामा संक्रमण बढ्नुको साथै कोभिड १९ का बिरामीले अस्पतालका बिरामी कक्ष समेत भरिएपछि बाध्य भएर लकडाउन अर्थात निषेधाज्ञा गर्नुपरेको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिए ।
‘कोरोना संक्रमण बढ्न थालेपछि यसको रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको विकल्प देखिएन ।’ उनले भने । अहिलेसम्म नेपालगञ्ज उपमहानगरपालिकामा ७ सय ३५ जनामा कोभिड १९ संक्रमण देखिएको छ ।
सरकारले पाँच सय भन्दा बढी संक्रमित देखिएमा लकडाउन गर्न स्थानीय तहलाई अधिकार दिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar