मुक्तिनाथ विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
आज (मंगलबार) प्रकाशित विवरण अनुसार विवरण अनुसार संस्थाको खुद नाफामा उल्लेखिय बृद्धि देखिएको हो । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले १ अर्ब ५६ लाख रुपैयाँ खुद मुनाफा हासिल गरेको छ। यो मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.७५ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६७ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
बैंकको वितरणयोग्य मुनाफामा पनि उल्लेखिय बृद्धि भएको छ अघिल्लो आर्थिक बर्षको यहि अवधिमा बैंकको वितरणयोग्य मुनाफा ३२ करोड ३७ लाख रुपैयाँ मात्र रहेकोमा अहिले त्यस्तो मुनाफा १५५.९६ प्रतिशतले बृद्धि भएर ८२ करोड ८७ लाख रुपैया पुगेको छ । यो अवधिमा बैंकको खुद ब्याज आम्दानीमा पनि बृद्धि भएको छ । अघिल्लो आर्थिक बर्ष यहि अवधिमा बैंकले १ अर्ब ६९ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यो बर्ष त्यो ११.८२ प्रतिशतले बढेर १ अर्ब ८९ करोड पुगेको छ ।
बैंकको सञ्चालन मुनाफामा पनि ब्यापक बृद्धि भएको छ अघिल्लो बर्ष यहि अवधिमा संस्थाको सञ्चालन मुनाफा ९६ करोड ५७ लाख रुपैयाँ रहेकोमा बैंकको सञ्चालन मुनाफा चालु आर्थिक तेस्रो त्रैमाससम्ममा १ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ । बैंकको खुद मुनाफा बृद्धि भएसंगै प्रतिसेयर आम्दानी समेत बढेको छ ।
अघिल्लो बर्षको यहि अवधिमा बैंकको प्रतिसेयर आम्दानी २० रुपैया ८४ पैसा रहेकोमा अहिले त्यो बृद्धि भएर २७ रुपैयाँ ८७ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात (पिई रेसियो) १५.४७ गुणा रहको छ भने प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ ४३ पैसा रहेको छ ।
बैंकको चुक्ता पूँजी चैत मसान्तसम्ममा ४ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैंकको जगेडा कोष बढेर १ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar