बम्पर लाभांश प्रस्ताव गरेको जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १० औँ वार्षिक साधारणसभा डोकेको छ।
संस्थाको हिजो सोमबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही वैशाख ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको बुटवलस्थित होटेल न्यु इरामा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ५२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ४९.४० प्रतिशत बोनस सेयर र बाँकी २.६० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।
सोही सभाले अन्य उपयुक्त लघुवित्त वित्तीय संस्थाहरुसँग आपसमा गाभ्ने, गाभिने र प्राप्ति प्रयोजनका लागि आवश्यक सम्पूर्ण कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्स्ताव पनि अनुमोदन गर्नेछ।
लाभांश र सभा प्रयोजनका लागि संस्थाले यही वैशाख २३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ वैशाख २२ गतेसम्म कायम सेयरधनीहरुमात्र लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar