७ बैशाख,काठमाण्डौ – मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडले १ अर्ब ५० करोड रुपैयाँबराबरको आईपीओ निष्कासनको अनुमति पाएको छ।
नेपाल धितोपत्र बोर्डले यो जलविद्युत् कम्पनीलाई वैशाख ५ गते आईपीओ निष्कासनको अनुमति दिएको हो। यो अनुमतिसँगै अब कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल १ करोड ५० लाख कित्ता आईपीओ निष्कासन गर्नेछ।
कम्पनीले आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नेछ। यो आईपीओ कम्पनीको चुक्तापुँजीको २५ प्रतिशतबराबरको हुन आउँछ।
यो जलविद्युतको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar