५ बैशाख,काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी (विप्लव समूह) का महासचिव नेत्रविक्रम चन्दबीच भेटघाट भएको छ ।
एमाले प्रमुख सचेतक विशाल भट्टराईका अनुसार प्रधानमन्त्री ओली र विप्लवबीच आइतवार बालुवाटारमा भेटघाट भएको हो । ‘उहाँहरुबीच आज भेट भएको हो,’ सचेतक भट्टराईले भने, ‘समसामयिक राजनीतिक विषयमा कुराकानी भएको छ ।’
स्रोतका अनुसार भेटमा विप्लवले प्रधानमन्त्री ओलीले आफ्ना सहयोद्धा कहिले छुट्छन् भनी सोधेका थिए । ‘उहाँहरुबीच दुई पक्ष (सरकार र विप्लव) बीच भएको समझदारीको बारेमा छलफल भएको छ,’ स्रोतले भन्यो – ‘विप्लवले प्रधानमन्त्रीसंग गुनासो गर्नुभएको थियो ।’
त्यस्तै विप्लवको जवाफमा प्रधानमन्त्री ओलीले कानूनी प्रक्रिया पूरा भएलगत्तै बन्दी नेताहरु छुट्ने बताएका थिए । स्रोतले भनेको छ – ‘प्रधानमन्त्रीले कानूनी प्रक्रिया पहिले पूरा गर्ने र बन्दी नेताहरु रिहाइको व्यवस्था गरिने भनेर भन्नुभएको छ ।’ भेटमा समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’समेत सहभागी थिए । यसअघि गत चैत ९ गते पनि विप्लवले प्रधानमन्त्री ओलीले भेटेका थिए । उक्त भेटमा पनि विप्लवले सोही प्रकृतिको जिज्ञासा राखेका थिए ।
हाल समूहका करिब १२३ नेताकार्यकर्ता कारागारमै छन् । मुलुकमा विध्वंसात्मक गतिविधिलाई बढवा दिएपछि ०७५ फागुन २८ गते प्रतिबन्ध लगाइएको विप्लव समूह र सरकारबीच गत फागुन २० गते ३ बुँदे सहमति भएको थियो ।
सहमतिपत्रमा प्रतिबन्ध हटाउने, कारागारमा रहेका बन्दी नेताहरु रिहा हुने, मुद्दा खारेज गर्नेलगायतका बुँदाहरु छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar