४ बैशाख,काठमाण्डौ – नेकपा एमाले कर्णाली प्रदेश कमिटीले पार्टीको ह्वीप उल्लंघन गर्दै माओवादीको सरकार जोगाइदिने तीन सांसदलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गरेको छ ।
पार्टीका सांसदहरु नन्दसिंह बुढा, अम्मरबहादुर थापा र कुर्मराज शाहीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको र अर्का सांसद प्रकाश ज्वालालाई भने कारवाही गर्न केन्द्रको जिम्मा लगाइएको प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ ।
पार्टीको ह्वीप उल्लंघन गरी जघन्य अपराधपूर्ण काम गरेकोले वैशाख ३ देखीनै लागू हुनेगरी तीन सांसदलाई कारवाही गरिएको अध्यक्ष गोरख बोगटीले बताए। उनले भने, ‘पार्टीको ह्वीप उल्लंघन गर्ने तीन जनालाई हामीले पार्टी सदस्यबाट निष्कासन गरेका छौँ। एक जनालाई सोही प्रकृतिको कारबाहीका लागि केन्द्रमा पठाएका छौँ।’
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar