४ बैशाख,धादिङ – बाँदरले अत्यधिक दुख दिन थालेपछी धादिङमा खोटाङदेखी तालिम प्राप्त सिकारीहरु ल्याईएको छ ।
आफुले मेहनत गरेर लागाएको बाली खाइदिने र नष्ट गरिदिने बाँदरबाट ५० औ बर्ष देखी आजित बनेका धादिङ निलकण्ठ नगरपालिका स्थित् मुरलीभञ्ज्याङका स्थानीय किसानहरुले नगरपालिकासंगको सहकार्यमा बाँदर समाउनकै लागी खोटाङको दिक्तेलबाट ५ जना तालिम प्राप्त सिकारीहरु ल्याएका हुन् ।
उनीहरुले समाएको प्रति बाँदर २ हजार ५ सयका दरले सिकारिहरुलाई रकम बुझाउने गरी खोटाङ दिक्तेलबाट तालिम प्राप्त ५ जना सिकारी ल्याईएको किसानहरुले बताएका छन् । उता नीलकण्ठ नगरपालिकाका नगर प्रमुख भिम ढुङ्गानाले पनी बाँदर समाउन ल्याएको सिकारीलाई किसानहरुले तोकेको भत्ता नगरपालिकाको तर्फबाट भुक्तानी गरिदिने बताएका छन् ।
‘अहिले स्वयं किसानले सिकारीलाई दिन्छन् , सिकारीहरुले कति बाँदर समाउनेछन् सवै हिसाव गरी किसानहरुलाई जम्मा भुक्तानी दिने व्यबस्था मिलाउन भनेको छु । किसानले तिर्ने उक्त रकम पछि एक मुस्ट किसानलाई नगरपालिकाले दिनेछ’ -नगर प्रमुख ढुगांनाले बताए ।
उता किसानहरले भने हाल १/१ हजार उठाएर बाँदर समाउने सिकारीलाई भुक्तानी दिने तयारी गरेका छन् । ३ दिनको अवधीमा ६ वटा बाँदर जालमा पारेर समातिएको किसानहरुले बताएका छन् । यद्धपी उक्त बाँदर कहाँ लगेर छाडिने भन्नेबारे भने अन्यौलता रहेको किसानहरुले बताएका छन् । त्यस्तै सम्बन्धीत निकायबाट बाँदर समाउने र छाडिने स्थान कहाँ हो ? अनुमति लिए नलिएकोबारे केहि खुलेको छैन ।
गत केहि बर्षअघीदेदीनै सदरमुकाम धादिङबेसी नजीकै रहेको नीलकण्ठ नगरपालिकास्थित् पाल्पा भञ्ज्याङका किसानहरुले आफुले मेहनत गरेर लागाएको बाली बाँदरले खाइदिने र नष्ट गरिदिने गरेको भन्दै स्थानीय प्रशासनमा हरेक वर्ष निवेदन दिने गरेका थिए । किसानहरुले बाँदरले बालीनाली, घरका फलफुलसमेत खाएर नोक्सान गरि परिवार पाल्न गाह्रो भएको भन्दै बाँदर मार्न अनुमति माग गर्दै आएका छन् ।
तर प्रशासनले भने बाँदको बाँच्न पाउने अधिकार हनन् गर्ने अधिकार छैन त्यसैले मार्न अनुमति दिने कुरानै भएन सकिन्छ भने संरक्षण गर्ने भन्दै फर्काउने गरेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar