४ बैशाख,काठमाण्डौ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत वाणिज्य बैंक मध्येको एक हो सिभिल बैंक लिमिटेड ।
नेप्सेमा अहिले बैंकको सेयरमूल्य प्रतिकित्ता २ सय ४३ रूपैयाँ रहेको छ । त्यस्तै बैंकको ८ आर्थिक वर्षको लाभांश इतिहास नियाल्दा बैंकले सबैभन्दा धेरै आर्थिक वर्ष २०७३/७४ मा १०.७९ प्रतिशत लाभांश ९१०.२५ प्रतिशत बोनस र (५४ प्रतिशत नगद) वितरण गरेको थियो भने सबैभन्दा थोरै आर्थिक वर्ष २०७२/७३ मा ३.०३ प्रतिशत लाभांश ९२.८८ प्रतिशत बोनस र ०.१५ प्रतिशत नगद वितरण गरेको थियो ।
बैंकको सेयरमा ८ वर्ष अगाडि दश हजार रूपैयाँ लगानी गर्ने लगानीकर्ताको पुँजी बैंकले विभिन्न आर्थिक वर्षहरूमा वितरण गरेको बोनसबाट अहिले बढेर ३४ हजार रूपैयाँ भन्दा माथी पुगेको छ ।
१. आर्थिक वर्ष २०६९/७० : आर्थिक वर्ष २०६९/७० मा बैंकले आफ्ना सेयरधनीहरूलाई ५.७५ नगद लाभांश वितरण गरेकाे थियाे । याे वर्ष बैंकले बाेनस दिएकाे थिएन ।
२. आर्थिक वर्ष २०७०/७१ : आर्थिक वर्ष २०७०/७१ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ७ प्रतिशत बाेनस र १.५ प्रतिशत नगद गरि कूल ८.५ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
३. आर्थिक वर्ष २०७१/७२ : आर्थिक वर्ष २०७१/७२ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ६.७५ प्रतिशत बाेनस र ०.३५ प्रतिशत नगद गरि कूल ७.१ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
४. आर्थिक वर्ष २०७२/७३ : आर्थिक वर्ष २०७२/७३ मा बैंकले आफ्ना सेयरधनीहरूलाई २.८८ प्रतिशत बाेनस र ०.१५ प्रतिशत नगद गरि कूल ३.०३ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
५. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा पनि बैंकले आफ्ना सेयरधनीहरूलाई १०.२५ प्रतिशत बाेनस र ०.५४ प्रतिशत नगद गरि कूल १०.७९ प्रतिशत लाभांश वितरण गरेकाे थियाे ।
६. आर्थिक वर्ष २०७४/७५ : आर्थिक वर्ष २०७४/७५ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ४.०५ प्रतिशत नगद लाभांश वितरण गरेकाे थियाे । याे वर्ष पनि बैंकले बाेनस दिएकाे थिएन ।
७. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ६.५७ प्रतिशत नगद लाभांश वितरण गरेकाे थियाे । याे वर्ष पनि बैंकले बाेनस दिएकाे थिएन ।
८. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ८ प्रतिशत बाेनस र ०.४२ प्रतिशत नगद गरि कूल ८.४२ प्रतिशत लाभांश वितरण गरेकाे छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar