३ बैशाख,काठमाण्डौ – कर्णाली प्रदेशमा फ्लोर क्रस गर्ने एमालेका ४ सांसदमाथि पार्टीको साधारण सदस्य नरहने गरि हटाउने निर्णय भएको छ।
शुक्रबार फ्लोर क्रस गर्ने एमाले सांसदहरु प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढालाई अध्यक्ष केपी ओली पक्षले पार्टीको साधारण सदस्यता समेत नरहने गरी हटाउने निर्णय गरेको हो ।
दलको बैठकले ४ सांसदको पार्टी साधारण सदस्य नरहने गरि हटाउने निर्णय भएको एमाले ओली पक्षका सांसद दानसिंह परियारले जानकारी दिए । सांसद परियारले भने, ‘एमालेको दलको बैठकले एमालेको नाममा संसदमा विपक्षमा मत दिने राजनीतिक अपराधीहरुलाई पार्टीको साधारण सदस्य नरहने गरि हटाउने निर्णय भएको छ।’
शुक्रबार एमालेका ४ सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई मत दिएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar