आहा रारा गोल्डकप च्याम्पियन संकटा क्लबलाई हराउँदै भारतको पंजाव पुलिस क्बल विराट गोल्डकपको फाइनलमा पुगेको छ ।
विराटनगरको सहिद मैदानमा बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा विराट गोल्डकपको पूर्व विजेतासमेत रहेका संकटालाई १–० गोलले हराउँदै पंजाव फाइनलमा पुगेको हो । पंजावले जितसँगै छैठौं संस्करणको विराट गोल्डकपको उपाधिका लागि शनिबार बिभागीय टिम सशस्त्र प्रहरीको एपीएफसँग प्रतिस्पर्धा गर्नेछ ।
पहिलो पटक गोल्डकपमा भाग लिएका पाहुना टोली पंजावका परमजीत सिंहले खेलको ७५ औं मिनेटमा गोल गरेर टिमलाई फाइनलमा पुर्याएको हो । हरजीन्द्र सिंहले निकालिदिएको क्रस पासलाई परमजीतले पेलान्टि एरिया नजिकदेखि गरेको प्रहार गोलमा परिणत भएको थियो । दुवै टिम आक्रमक तरिकाले खेलेकाले पहिलो हाफसम्म खेल गोल रहित बराबारीमा थियो । खेलको ७ औं मिनेटमा संकटाका तिर्थ बस्नेतलले बललाई एक्लै अगाडि बढाएर पेलान्टी एरिया नजिकदेखि गरेको प्रहार बाहिरदा गोल गर्ने अवसर खेर गयो ।
खेलको १० औं मिनेटमा पंजावका हरेसदेव सिंहले बल टच नगरी प्रहार गर्दा गोल पोष्ट माथिबाट बाहिरयो । २०७० को विराट गोल्कडपको बिजेता संकटाले यसपटक पनि उपाधि दाबेदारी पेश गर्ने टोलीमध्ये एक थियो । तर पंजाव उसको सपनाको बाधक बन्यो । सुरुदेखि नै दुवै टिम आक्रामकदेखि पनि रक्षापंत्तिको कमजोरीले संकटा पछि पर्यो । खेलको १५ औं मिनेटमा गणेश हमालले निकालेको पासलाई विदेशी खेलाडी ओडेजले डिबक्स भित्रबाट गरेको हेड पंजावका गोलरक्षक सतवीर सिंहले उत्कृष्ट बचाउ गरेकाो थियो ।
१७ औं मिनेटमा फेरी संकटाका तिर्थ बस्नेतले ३० यार्डबाट गरेको प्रहार बाहिरयो । खेलको ३० औं मिनेटमा पंजावका राजविर सिंहको वान भर्सेस वानको प्रहार संकटाको गोल रक्षक राजाबावा थापाले उत्कृष्ट बचाउ गर्दा पहिलो हाफ गोलरहित रहयो । पहिलो हाफममा संकटाका खेलाडीले गरेको आधा दर्जन उत्कृष्ट प्रहार गोलमा परिणत गर्न नसक्दा सेमिफाइनलबाटै बाहिरनु पर्यो ।
यसअघि संकटाले आहा रारा गोल्डकपमा क्यामरुनलाई सेमिफाइनलमा ४-२ गोलले हराउँदै उपाधि जितेको थियो । दोस्रोे हाफपछि संकटाले खेल बराबरीमा ल्याउन आक्रामक खेल खेलेपनि सफल हुन सकेन । खेलको ६६, ७३ र ८९ औं मिनेटमा पनि संकटाले गोल गर्ने पाएको अवसर गुमाएको थियो । खेलको म्यान अफ दी म्याच पंजावको निर्णायक गोल गर्ने परमजित सिंह घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।
यसैबीच, खेल सकिएपछि संकटा र पंजावका खेलाडीबीच झगडा भएको थियो । भलगडा गर्ने दुई जना खेलाडीले रेड कार्ड पाएका छन् । पंजावका कप्तान जगदीप सिंह र संकटाका सहिद स्माटले रेड कार्ड पाएका हुन् । रेफ्री श्याम दनुवारले खेल सकिएको घोषण गरेसँगै संकटा र पंजावका खेलाडीबीच झगडा भएको थियो ।
झगडा गर्ने मध्येका दुई जना खेलाडीलाई रेप्री दनुवारले रेड कार्ड दिएका छन् । रेड कार्ड पाएसँगै पंजावका कप्तान जगदीपले फाइलनमा खेल्न नपाउने भएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar