३ बैशाख,काठमाण्डौ – नक्कली भ्याट बिल प्रयोग गर्ने दुई कम्पनीमाथी राजस्व अनुसन्धान विभागले ३० करोड २८ लाखको माग दाबी गर्दै मुद्दा दायर गरेको छ।
विभागले नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिजक प्रयोग गर्ने कम्पनी विरुद्ध अस्थायी इजलास वीरगंज र उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो। नक्कली बिजक जारी गर्ने न्यु राहुल मोवाईल सेन्टर १२ करोड ३५ लाख माग गरिएको छ।
यस्तै ब्याहुत ट्रेडर्स वीरगंजका प्रोप्राइटर अनिल कुमार कलवारबाट १७ करोड ९२ लाख माग दाबी सहित मुद्दा दायर गरिएको छ। यो कम्पनीले मालवस्तु खरिदको विवरण लुकाई छिपाई बिक्री गर्दा समेत विजक जारी नगरेको भेटिएको छ भने कानुन विपरित छुट्टै खाता तयार गरी कारोवारलाई नदेखाई गर्नुपर्ने भन्दा घटी कारोवार गरेको विभागको अनुसन्धानमा खुल्न आएको छ।
यी कम्पनी विरुद्ध राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन २०५२ अनुसार कारवाही प्रक्रिया अघि बढाईने विभागले जनाएको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
subhayugnews@gmail.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar