३ बैशाख,काठमाण्डौ – नेपाल विद्युत प्राधिकरणले यसवर्ष पानीको बहाब नबढ्दा विद्यत् उत्पादनमा कमी आएको बताएको छ ।
बुधबार विद्युत प्राधिकरणमा आयोजित् कार्यक्रममा बोल्दै कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले यसवर्ष पानी नपरेको र प्रदूषणलगायतका कारणले हिउँ पनि नपग्लिएकाले वैशाख सुरु हुँदासमेत खोलामा पानीको बहाव बढ्न नसकेकाले पानीको बहाब नबढ्दा विद्यत् उत्पादनमा कमी आएको बताएका हुन् । पानीको बहाब नबढ्दा नदी प्रवाही (आरओआर) र अर्धजलाशययुक्त जलविद्युत आयोजनाहरुबाट विद्युत उत्पादन घटेको समेत शाक्यले जनाए ।
विद्युतको माग बढेको तर आन्तरिक उत्पादन घटेका कारण आपूर्तिका लागि भारतबाट थप विद्युत आयात गर्नुपर्ने बाध्यता रहेको कार्यकारी निर्देशक शाक्यको भनार्य थियो । विगत वर्षहरुमा चैतको अन्तिमबाट खोलामा पानीको बहाव वृद्धि भई विद्युत उत्पादन बढ्ने गरेको थियो ।
तर यो वर्ष पानी नबढ्दा प्राधिकरणको स्वामित्वमा रहेका १४४ मेगावाटको कालीगण्डकी, ७० मेगावाटको मध्यमर्स्याङ्दी, ७९ मेगावाटको मर्स्याङ्दीलगायतका विद्युत गृहहरुको उत्पादन बढ्न सकेको छैन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar